भैरवनाथ गणको ट्रक दुर्घटना
- गाउँ सहर संवाददाता
- १२ चैत आइतबार, २०७९ | १८:०५:०० मा प्रकाशित

चितवन । चितवनमा सेनाको ट्रक अनियन्त्रित भई पल्टिँदा ट्रकमा सवार तीनजना सेना घाइते भएका छन् ।
आज दिउसो २ बजेर ५५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ मुग्लिन नारायणगढ सडक खण्डको घुमाउनेमा काठमाडौँबाट अम्लेखगञ्ज बाराको लागि हिँडेको भैरवनाथ गणको लु १ ग १०९ नम्बरको ट्रक दुर्घटना भएको हो ।
ट्रकमा सवार १४ जना मध्ये ३ जना मध्यम घाइते भई पुरानो मेडिकल कलेजमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ । हाल उक्त सडक खण्ड बाटो एक तर्फ सुचारु रहेको, र प्रहरी चौकी जुगेडीबाट प्रहरी टोली खटी गएको र ट्रक पन्छाउने कार्य भई रहेको छ ।
घाइतेहरू ट्रक चालक–नेपाली सेनाको अमल्दार बर्ष ३३ को कृष्ण प्याकुरेल, नेपाली सेनाको जमदार बर्ष ३९ को उत्तम कार्की, नेपाली सेनाको अमल्दार बर्ष ३२का केआई सिंहको पुरानो मेडिकल कलेमा उपचार भई रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस