प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- १२ चैत आइतबार, २०७९ | १४:५५:०० मा प्रकाशित

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । ‘सक्सेस मन्त्र फर लिडरसिपको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नायब महाप्रबन्धक सोन आले मगर यस किसिमका लिडरसिप सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ता एवं कर्मचारीहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरे, लगायतको उपस्थिती रहेको थियो ।
अन्तराष्ट्रिय नेपाली ट्रेनर मिन बहादुर घलेको लिडरसिप सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेका थिए । ट्रेनर घलेले व्यवहारीक तरिकाले व्यवसायीक बृद्धिका सुत्रहरु दिएका थिए । अभिकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु लिडरसिप सेसनमा समेटिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस