समाज

पाउ पाथीभरा भक्तजनहरुको उत्सहाजनक उपस्थिती

झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभरा धाममा सुरु भएकोे भागवत पुराणमा भक्तजनहरुकोे उत्सहाजनक उपस्थिती देखिएको छ । 

यही चैत ८ गतेदेखि  सुरु भएको पुराण १६ गतेसम्म सञ्चालन हुदैछ  । पुराणमा पण्डितं शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहेका छन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उदघाटन गरेको पुराणमा पाथिभरा माताको मन्दिरमा भक्तजन आफै उत्सहा साथ आउँने भएको पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए । 

पुराणमा  करिब ४० हजार जनाभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएकोमा हिजो शनिवार मात्रै पन्ध्र हजार बढी भक्तजनले दर्शन गरेको गिरीले बताए । पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबद्र्धन समिति गठनताका नै धाममा १८ वटा पुराण लगाउने निर्णयानुसार छैठौ पटक भागवत् पुराण आयोजना गरिएको हो ।  

पुराणको विशुद्ध उद्देश्य धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नु र पाथीभरा देवीको महिमाको प्रचार गर्नु र त्यसको आधारमा पाउ पाथीभरा धामलाई प्रमुख धार्मिक गन्तव्य बनाई यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने रहेको छ । धार्मिक आस्थाका देवी पाथीभरा माताको दर्शन गर्न जाने अधिकांश धर्मानुरागी महानुभावहरु पाउ पाथीभरामा दर्शन गरेर मात्र जाने परम्परा, आस्था र विश्वास बृद्धि भएकाले देश विदेशबाट आउने  त्यस्ता महानुभावहरुलाई निःशुल्क रुपमा खाना र बासको व्यवस्था छ । 
 

तपाईँको मत