सडक/यातायात

बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारीमा यातायात व्यवस्था कार्यालय

  • २४ फाल्गुण बुधबार, २०७९ | १५:४०:०० मा प्रकाशित

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ । भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाएको कार्यालयले जनाएको छ । 

कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ । सेवाग्राही बिहान छ बजेदेखि लाइनमा बस्ने गरेकोले बिहानदेखि सेवा सुरु अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ । कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन् । कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने गरेको छ । 

तपाईँको मत