राजनीति

 गृह मन्त्रालयका सात सहसचिवको सरुवा, बर्दिया र पाल्पाका सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर भएकोछ भने दुई जिल्लाका सिडिओ पनि फेरिएका छन् ।

गृहमा कार्यरत नारायण रिसाललाई बर्दिया तथा बर्दियामा कार्यरत बन्धुराज बाँस्तोलालाई पाल्पाको सिडिओ बनाइएको छ । पाल्पाका सिडिओ जगन्नाथ पन्तको गृह मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै, अध्यागमन विभागमा झलकराम अधिकारीलाई पठाइएको छ । गृहको आन्तरिक व्यवस्थापन महाशाखामा रुद्र तामाङ तथा नीति योजनामा रुद्रादेवी शर्माले जिम्मेवारी पाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत