राजनीति

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण भएको छ ।  रामशाहपथस्थित सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा आज राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण माल्यार्पण भएको हो । 

शाहको शालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पण गर्ने समयमा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न सङ्घसंस्थाले पनि सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए । 

पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत