खेल

रामेछापमा माघकाे पहिलाे साता प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

  • २६ पौष मंगलबार, २०७९ | ०८:५९:०० मा प्रकाशित

काठमाडौं । रामेछापमा माघकाे पहिलाे साता प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएकाे छ । 

नेपाल खेलकुद महासंघ बागती प्रदेश कमिटीकाे आयोजनामा जिल्लामा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेकाे हाे ।

प्रतियाेगिता माघ ४ गतेदेखि ७ गतेसम्म रामेछापको सदरमुकाम मन्थलीमा गर्न लागिएको हो ।

नेपाल खेलकुद महासंघका वाग्मती प्रदेश अध्यक्ष सिताराम कार्कीले प्रतियोगितामा वागमती प्रदेशका १३ वटै जिल्लाका टिमले भाग लिने जानकारी दिए ।

उनका अनुसार खेलको औपचारिक उद्घाटन माघ ४ गते हुने र समापन माघ ७ गते गर्ने कार्यतालिका रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख द्वितीय, तृतीय र चौथो हुने टिमले एक लाख, ५० हजार र ३० हजार नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिको लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

तपाईँको मत