पूर्वाधार

कोरोना भाइरस नयाँ स्वरुमा देखा पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

काठमाडौं । सरकारले कोरोना भाइरस नयाँ स्वरुमा देखा पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपालमा कोरोना सङ्क्रमणदर कम हुँदै गए पनि विश्वव्यापी रूपमा केही देशमा सङ्क्रमणका नयाँ स्वरूपमा कोरोना जोखिम बढी रहेकाले सचेत रहन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले कोभिड–१९ सङ्क्रमणको जोखिम विश्वमा फरक स्वरूपमा देखिरहेकाले नेपालमा सतर्कता अपनाउन आग्रह गरेका हुन्

मन्त्रालयले सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्कले तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

नयाँ भेरियन्ट फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशहरूसँग समन्वय गर्ने कार्य गरिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय छिमेकी मुलुकमा पुष्टि भएको बि.एफ.७  भने हालसम्म नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोना सङ्क्रमण फैलन नदिन मास्कको प्रयोग गर्न, भौतिक रूपमा दूरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत