विश्व

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी संसदलाई सम्बोधन

  • ७ पौष बिहीबार, २०७९ | ११:४९:०० मा प्रकाशित

काठमाडौं । युक्रेनका राष्ट्रपति  भ्लोदाेमिर जेलेन्स्कीले अमेरिकी संसद युएस कंग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्नु भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेदेखिकै आफ्नो पहिलो विदेश भ्रमणको क्रममा अमेरिका पुगेका जेलेन्स्कीले अमेरिकी सांसदलाई सम्बोधन गर्दै युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने दृढता ब्यक्त गरे ।

जेलेन्स्कीले सांसदलाई सम्बोधन गर्नुअघि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका थिए । भेटमा राष्ट्रपति जेलेन्स्कीले युक्रेनको भौगोलिक अखण्डतालाई ठेस पुग्ने गरी रुससँग कुनै सम्झौता नगर्ने बताए ।

युक्रेनको अखण्डताका लागि अमेरिकाले सधैँ सहयोग गर्ने राष्ट्रपति बाइडेनले बताएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले उल्लेख गरेको छ ।

तपाईँको मत