शुक्रबार दिउँसो १ बजेका लागि एमालेले सचिवालय बैठक बोलायाे
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बिहीबार, २०७९ | ११:५४:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै शुक्रबार दिउँसो १ बजेका लागि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
बैठकमा समानुपातिक सांसदको निर्णय हुने उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाइसकेको छ ।
आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ । त्यसका आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ ।समानुपातिकमा छानिने ३४ जनामध्ये एमालेले बन्दसूचीमा रहेकाबाट १९ जना महिला पठाउनुपर्ने छ । त्यसबाट बाँकी रहेका पुरुष पर्नसक्छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस