नेपाली सेनाको वानटन गाडी दुर्घटनामा, १५ जना घाइते
- गाउँ सहर संवाददाता
- १८ मङ्सिर आइतबार, २०७९ | १७:१३:०० मा प्रकाशित

पाँचथर । आइतबार दिउँसो पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ स्थित राँके-रवि-भेडेटार सडकखण्डमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ बुधबारेबाट फिदिमको रणशेर गणतर्फ जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी अनियन्त्रित भइ आज दिउँसो सवा १२ बजेतिर दुर्घटनामा परेको हो ।
अदलीबदली भएका सैनिक कर्मचारी चढेको गाडी सडकबाट लगभग १५० मिटर तल झरेको प्रहरीले जनाएको छ । गाडीमा १८ जना सवार थिए । तीमध्ये १५ जना घाइते भएका हुन् ।
घाइतेहरुलाई नेपाली सेनाकै हेलिकोप्टरमार्फत उद्दार गरेर उपचारका लागि बाहिर लगिएको प्रहरीले जनाएको छ । केही घाइतेको पाँचथरमै उपचार भइरहेको र गम्भीर घाइतेख सेनाकाे हेलिकाेप्टरबाट अन्यत्र लगिएकाे जनाइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस