गाउँ सहर

धनगढीमा ग्रेडरले किच्दा एक छात्राको मृत्यु, आक्रोसित विधार्थीहरु प्रदर्शनमा

  • १५ मङ्सिर बिहीबार, २०७९ | १२:५९:०० मा प्रकाशित

धनगढी I कैलालीको धनगढीमा ग्रेडरले किच्दा एक छात्राको मृत्यु भएको छ । 

धनगढी उपमहानगरपालिका ५ हसनपुरमा ना १ क ९७५ नं को ग्रेडरले कुल्चिदा १५ बर्षिया चेतना साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव डिएसपी बेदप्रकाश जोशीले बताए ।

धनगढी तारानगर बस्ने साउद पञ्चोदय मावि कक्षा ८ मा अध्यनरत विधार्थी हुन् । आज विहान स्कुल जाँदै गरेकी उनलाई ग्रेडरले किचेको प्रत्यक्षदर्शीको भनाई छ । 

सडक लेवल मिलाउदै ग्रेडर ब्याक गर्ने क्रममा साईकलमा रहेकी चेतनालाई कुल्चिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  सहपाठीको मृत्युपछि आक्रोसित भएका विधार्थीहरुले प्रदर्शन गर्दै हसनपुर (पिपलचौतरा) सडकखण्ड अवरुद्ध गरेका छन् ।

घटनास्थलमा ठुलो सख्यामा प्रहरी परिचालन गरिएको र ग्रेडर तथा चालकलाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ । 

तपाईँको मत