फोटो

दृश्यावलोकनका लागि आकर्षक गन्तव्य कालिञ्चाेक (फाेटाे-कथा)

  • १२ मङ्सिर सोमबार, २०७९ | ०९:१३:०० मा प्रकाशित

दाेलखा । दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो दोलखा जिल्लामा पर्ने कालिञ्चोक धार्मिक रमणीय स्थल । कालिञ्चोक भगवतीको मन्दिर रहेको यो ठाउँबाट देखिने हिमशृंखलाले आँखा शीतल पार्न आन्तरिक पर्यटकहरू झुम्मिन्छन् । हिउँदमा काठमाडौंबाट हिउँ खेल्न आउनेहरूको लर्को लाग्छ । यहाँ सामान्यतया माघदेखि फागुन पहिलो सातासम्म बाक्लो हिमपात हुन्छ ।

कुरी बजारबाट एक घण्टाको उकालो छिचोलेपछि कालिञ्चोक भगवती मन्दिर पुगिन्छ । समुद्री सतहबाट ३,८४२ मिटर उँचाइमा अवस्थित कालिञ्चोक भगवती काठमाडौंको शोभा भगवती, काभ्रेको पलाञ्चोक भगवतीसहित सात दिदीबहिनीमध्येको एक रहेको जनविश्वास छ ।

बडादशैं, जनैपूर्णिमा र चैते दशैंमा कालिञ्चोकमा मेला लाग्छ । मन्दिर परिसरबाट रोल्वालिङ र लाङटाङ हिमशृंखलाका साथै गौरीशंकर हिमाल हेर्न सकिन्छ ।

दावा सङ्बुकाे लेन्सबाट थप तस्बिरहरू :

तपाईँको मत