राजनीति

तनहुँ -१ बाट रामचन्द्र पौडेल ५ हजार ३७५ मतान्तरले विजयी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका हुन् ।

पौडेलले २५ हजार ३१८ मत ल्याउँदा एमालेका रानामगरले १९ हजार ९४३ मत ल्याएका छन् । यहाँ स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका छन् ।

पौडेल ०७४ को निर्वाचनमा यही क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाछ एमाले उमेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत