प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक : कुन दल कतिले अगाडि ?
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | ११:०४:०० मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३०मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली काँग्रेसले चार लाख १६ हजार एकसय ८४ मत ल्याएको छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३४ हजार सातसय ४७ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले एक लाख ९२ हजार सातसय ४२ मत ल्याएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २३ हजार नौ सय ९ , जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय १०, मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ५७, जनमत पार्टीले २८ हजार तीन सय ४४, नेकपा (एकीकृत समाजवादी) ले २८ हजार तीन सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ । विभिन्न साना दलहरूको जोड्दा ९८ हजार पाँच सय १९ मत आएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ ।
प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।
प्रदेशसभा सदस्य समानुपातिक सिटतर्फ मतगणना
प्रदेशसभा सदस्य समानुपातिक सिटतर्फ मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार प्रदेश नं.१ मा नेकपा(एमाले)ले ८७ हजार सात सय ४३ मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले ७८ हजार तीन सय ५० मत ल्याएको छ । नेकपा (माओवादी केन्द्र) ले ३४ हजार सात सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार एक सय २४ र जनता समाजवादी पार्टीले १२ हजार तीन सय २२ मत प्राप्त गरेको छ ।
मधेस प्रदेशमा भने नेपाली कांग्रेसले अहिलेसम्म सबैभन्दा बढी मत प्राप्त गरेको छ । कांग्रेसले २४ हजार पाँच सय ८६ मत ल्याएको छ । एमालेले २० हजार दुई सय ७८, जनमत पार्टीले १९ हजार एक सय ४७, जनता समाजवादी पार्टी, नेपालले १३ हजार आठ सय ३३ र (माओवादी केन्द्रीले नौ हजार पाँच सय ५० मत पाएको छ ।
बागमती प्रदेशमा एमाले नै अगाडि देखिएको छ । उसले ६२ हजार सात सय ५७ मत ल्याएको छ । कांग्रेसले ६१ हजार पाँच सय ७३ मत ल्याएर एमालेलाई पछ्याइरहेको छ । राप्रपाले ३९ हजार ५६ र माओवादीले ३० हजार चार सय १६ मत पाएको छ । बागमती प्रदेश समानुपातिकमा नेपाल मजदुर किसान पार्टीले २७ हजार आठ सय ४२ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
गण्डकी प्रदेशमा एमालेले ९१ हजार ३७१, कांग्रेसले ७३ हजार ८५०, (माओवादी केन्द्र) ले ३३ हजार तीन सय ६९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ६५ र नेकपा (एकीकृत समाजवादी) ले छ हजार आठ सय २० मत ल्याएको छ ।
लुम्बिनी प्रदेशमा एमालेले एक लाख ८६ हजार ९३ मत पाएको छ भने कांग्रेसले ८९ हजार सात सय ९७, माओवादीले २९ हजार नौ सय ९६, राप्रपाले २५ हजार चार सय ९५ र नागरिक उन्मुक्ति पार्टीलले आठ हजार आठ सय ६९ मत पाएको छ ।
कर्णाली प्रदेशमा समानुपातिकमा भने अहिलेसम्म माओवादी पहिलो पार्टी बनेको छ । माओवादीले एक लाख ३० हजार ५६ मत पाएको छ । एमालेले पाँच हजार नौ सय १४ मत पाएको छ भने कांग्रेसले चार हजार दुई सय २५ मत ल्याएएको छ । त्यसैगरी (एकीकृत समाजवादी) ले एक हजार एक सय १२ मत पाएको छ । राप्रपाले सात सय ८१ मत पाएको छ । सुदूरपश्चिम प्रदेश समानुपातिक मतबारे भने आयोगले अद्यावधिक गरेको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस