अर्थतन्त्र

आइएमई पे र मेरो किरानाबीच सम्झौता

काठमाडौँ । आइएमई पेर मेरो किरानाबीच छुट सम्बन्धि सम्झौता भएको छ ।

मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट (एक पटकमा अधिक्तमरू.३०० सम्म) प्राप्त गर्न सकिनेछ ।

यद्यपि, ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल रू.६०० सम्मको छुट पाउन सकिने बताइएकाे छ ।

आ–आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात नेपालीरुलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् ।
 

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत