खेल

टी-२० विश्वकपको पहिलो खेल पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

  • २३ कार्तिक बुधबार, २०७९ | १३:४७:०० मा प्रकाशित

आइसिसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड भिड्दैछन्। अष्ट्रेलियामा जारी खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सिड्नी क्रिकेट मैदानमा सुरू हुनेछ।

पाकिस्तान १३ वर्षपछि पुनः टी-२० विश्वकपको फाइनल नजिक छ।  पाकिस्तान सुरूआती दुई खेलमा पराजित भएपछि लगभग सेमिफाइनल दौडबाट बाहिरिएको थियो।

पहिलो खेलमा भारतसँग चार विकेट र दोस्रो खेलमा जिम्बावेसँग १ रनले पराजित भएपछि पाकिस्तानको सुपर १२ बाट आउट हुनै लागेको पाकिस्तानले फेरी आएर सेमिफाइनलमा स्थान पक्का गर्‍यो। 

 पाकिस्तान सन् २००९ को विश्वकपपछि पहिलो पटक फाइनल खेल्ने तयारीमा छ। पाकिस्तानले २००९ को विश्वकपमा श्रीलंकालाई ८ विकेटले हराउँदै विश्वकप ट्रफी उचालेको थियो। त्यसपछि पाकिस्तान लगातार पाँचौ पटक फाइनलमा पुग्न सकेको छैन।

त्यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको फाइनलमा पनि पाकिस्तान भारतसँग पाँच रनले पराजित भएको थियो। 

सन् २०१० को टी२० विश्वकपको सेमिफाइनलमा अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको पाकिस्तानले गतवर्षको विश्वकपमा पनि अष्ट्रेलियासँग ५ विकेटले सेमिफाइनलमै पराजित भएर बाहिरिएको थियो।

तपाईँको मत