कला

कुर्सी

  • १७ कार्तिक बिहीबार, २०७९ | १२:०३:०० मा प्रकाशित

एउटा कोठामा
भुइँमा अडिएर
विशिष्ट पदको प्रतिनिधित्व गर्दै
विशिष्टलाई आराम प्रदान गर्न
मेरो सामु
खाली कुर्सी छ ।

म कुर्सीलाई हेरिरहेको छु
कुर्सीले मलाई हेरिरहेको छ 
कहिलकाहीँ लाग्दछ 
म आफैँ बसिदिउँ कुर्सीमा 
तर सायद स्वामीभक्त कुर्सीले नमान्ला 
त्यसैले म सोच्न बाध्य छु
खाली मस्तिष्क शैतानको घर भनेझैँ
खाली कुर्सी पक्कै पनिकुर्सीकै स्वामीको घर हुनुपर्छ,
व्यक्तिको होइन पदको
पदावलीको।

जमिनदेखि आकाशतिर उचालेरराख्ने कुर्सी
सजीव भएको भए
सायद हरेक आमाको काख पनि कुर्सी सरहहुन्थ्यो
हरेक मायालुको साथ पनि कुर्सीसरहहुन्थ्यो
तर अहिले तत्काललाई
काम परेर कार्यालय धाएको म 
विवश छु
रित्तो कुर्सी हेर्न
अनि अनुमान लगाउन
मनमा कुरा खेलाउन
कुर्सी भर्ने व्यक्तिको विशेषता अड्कल काट्न 
त्यसैले 
ए स्वामीभक्तरित्तो कुर्सी 
हाम्रो वार्तालाप विश्राम गरौं
मलाई पनि खाँचो छ
आफ्नो भावना सेलाउन
तिम्रो स्वामिलाईरिझाएर
आफ्नो काम मिलाउन ।

तपाईँको मत