खेल

अभ्यास खेलमा लियोनेल मेस्सीले गरे ह्याट्रीक 

  • १६ जेठ बुधबार, २०७५ | २१:३०:०० मा प्रकाशित

ब्यूनस आयर्समा मंगलबार भएको वार्म अप खेलमा अर्जेन्टिनाको टीमका स्टार लियोनेल मेस्सीले ह्याट्रीक गरेका छन् । 

हइटी विरुद्धको वार्म अप खेलमा अर्जेन्टिनाले ४—० ले हरायो । यसमा अर्जेन्टिनाका फरवार्ड मेस्सीले १७ मिनेटमा पेनेल्टीमा एक गोल गरे । यो खेलपछि अर्जेन्टिनाको टीम बार्सिलोनाको लागि गए जहाँ उसलाई १६ जूनमा आइसलेण्ड, २१ म क्रोएशिया र २६ जूनमै नाइजेरियासँग वार्म अप म्याच खेल्नुपर्नेछ । 

ह्याट्रीक स्पेनिश क्लब बार्सिलोना एफसीको लागि खेल्ने स्टार मेस्सीले म्याचको ५७ मिनेटमा अर्जेन्टिनाकालागि दोस्रो गोल गरे । त्यसको आठ मिनेटपछि ६५ मिनेटमा उनले तेस्रो गोल गरेका थिए । म्याचपछि उनले  भने “म्याचको रिजल्टले यो भन्न सजिलो भयो की रुसको विश्वकपमा हामी आशका साथ सहभागि भइरहेका छौँ ।” एजेन्सी

तपाईँको मत