राजनीति

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय भूमिकामा राजसंस्था (पूर्णपाठ)

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र/प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

राजधानीमा आइतवार आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् । 

प्रतिबद्धतापत्रमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद् प्रस्तुत गरिएको छ ।

राप्रपाले प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना प्रस्तुत गरेको छ । एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बस्न नपाउने उसको अजेन्डा छ ।

राप्रपाले सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको अजेन्डालाई निरन्तरता दिएको छ ।

'उच्चस्तरिय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्माचारीहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था', प्रतिबद्धतापत्रमा भनिएको छ ।

राप्रपाले नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भ्रष्टाचार तथा अनाचार अन्त्य गर्न स्वार्थको द्वन्द्व सम्बन्धी कानुन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

घोषणापत्रमा राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता समेत जनाएको छ । साथै सत्ता केन्द्रित राजनीति नगर्ने बताएको उसले भनेको छ, ‘आगामी दिनमा सत्ताभन्दा आफ्नो प्राथमिकताका मुद्दाहरु स्थापना गर्न केन्द्रित हुने ।’

 

पूर्णपाठ

 

गाउँ सहर संवाददाता

तपाईँको मत