पाँचाैँ वार्षिकाेत्सवमा सिटिजन लाइफ धुलाबारी शाखाद्वारा वृक्षाराेपण तथा सरसफाइ
- गाउँ सहर संवाददाता
- ४ कार्तिक शुक्रबार, २०७९ | १८:१०:०० मा प्रकाशित
.jpeg)
धुलाबारी, झापा । पाँचाैँ वार्षिकाेत्सवकाे उपलक्ष्यमा सिटिजन लाइफ इन्स्याेरेन्स धुलाबारी शाखाले शिशु साक्षर आधारभूत विद्यालयमा सरसफाइ तथा वृक्षाराेपण गरेकाे छ ।
शाखाले औपचारिक कार्यक्रम गरि विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारीहरू मिलेर सरसफाइ तथा वृक्षाराेपण, बीमा सचेतनालगायतका कार्यक्रम गरेकाे हाे ।
साे अवसरमा विद्यालयका प्रधानाध्यपक इन्द्र आचार्यलाई सम्मान तथा मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा सिटिजन लाइफ धुलाबारी शाखा प्रमुख विशाल सिटाैलाले सञ्चालन गरेका थिए ।
कम्पनीका क्षेत्रीय शाखा प्रमुख उत्तम काेइरालाले आगामी दिनमा पनि कम्पनीकाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका कर्यक्रम सामुदायिक विद्यालयसँग समन्वय गरेर गर्न सकिने बताए ।
प्रधानाध्यापक आचार्यले कम्पनीकाे वार्षिकाेत्सवकाे अवसरमा सिटिजन लाइफले सामुदायिक विद्यालय राेजेर बीमा सम्बन्धी सचेतना र सरसफाइ तथा वृक्षाराेपण गर्न प्रेरित गरेकाेमा धन्यबाद दिए ।
साे कार्यक्रमा सिटिजन लाइफ धुलाबारी शाखामा कार्यरत एजेन्सी मेनेजरहरूकाे उपस्थिति रहेकाे थियाे ।
मुलुकभर १४० शाखा रहेकाे कम्पनीले ५ औँ वार्षिकोत्सवको अवधिमा विभिन्न कार्यक्रम गरिरहेको छ । सप्ताहव्यापी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिएको छ । सोहि क्रममा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहायतथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरिरहेको छ । कम्पनीले असोज ३१ गतेदेखी कार्तिक ६ गतेसम्म सप्ताहव्यापी रुपमा कार्यक्रम गरिरहेको छ ।
जन समुदायमा जीवन बीमाप्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक-याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने गरिरहेको छ ।
यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखेको छ । विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सरसफाइ, निःशुल्क स्वास्थ्य शिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ ।
जीवन बीमा व्यवसाय शुभारम्भ गरेको ५ वर्षको अवधिमा कम्पनीको जीवन बीमा कोषमा ५ अर्ब ८१ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले १२ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । कम्पनीले अर्बौ रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमितले प्राप्त गर्ने बोनसदर न्युनतम प्रतिहजार २५ रुपैयाँदेखि ७३ रुपैयाँ रहेको छ । सिटिजन लाइफ लघु बीमामा पनि अग्रणी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस