सडक अवरुद्ध हुँदा जुम्ला विमानस्थलमा भीड
- गाउँ सहर संवाददाता
- २९ असोज शनिबार, २०७९ | २१:०९:०० मा प्रकाशित

जुम्ला । लगातार अविरल वर्षाले बाढी, पहिरोबाट कर्णाली राजमार्ग सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि जुम्ला विमानस्थलबाट देशका नेपालगञ्ज, सुर्खेत, काठमाडौँ, धनगढीलगायत सहर जाने यात्रुको जुम्ला विमानस्थलमा टिकटका लागि भिडभाड हुने गरेको छ ।
जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई सकस भएको छ । दसँैपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ ।
अघिपछि नियमित उडान हुने तर दसैँ अवधिभर निजी एयरलाइन्सले पूर्वमा बढी प्राथमिकता दिएपछि दसैँमा नागरिक घर फर्किनसमेत सकस भएको थियो । दसैँपछि पनि गन्तव्यमा पुग्न कठिन भएको छ ।
प्राधिकरण प्रमुख सन्तोष अधिकारीका अनुसार नेपाल एयरलाइन्सले यो १५ दिनमा जुम्लामा एकमात्र उडान भरेको छ । नेपाल एयरलाइन्सको तालिकाअनुसार हप्तामा दुई वटा जहाज आउनुपर्नेमा कार्यान्वयन हुन सकेको छैन । अझ नागरिक उड्डयनको वार्षिक उडान तालिकामा हप्तामा सात वटा उडान छ ।
प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुजुका अनुसार नेपाल एयरलाइन्सको आइतबार जुम्लामा उडान अनिवार्य हुनेछ । उनले एक जहाज बिग्रेकाले एउटाले मात्रै देशभर सेवा दिनुपर्ने भएकाले समस्या भएको बताए । नागरिक उड्डयन जुम्लाका अनुसार अगष्ट महिनाको १५ दिनमा समिट एयरको सात, तारा एयरको चार र नेपाल एयरलाइन्सको एक मात्र उडान भएको छ ।
लोकसेवा परीक्षार्थी र बिरामीलाई प्राथमिकता
जहाजमा टिकट व्यवस्थापन प्रणाली राम्रो नभएको भन्दै केही दिनअघि विद्यार्थीले आन्दोलन गरेर स्थानीय प्रशासन घेराउ गरेपछि स्थानीय प्रशासनले निगरानी गरेको छ । स्थानीय प्रशासनका अनुसार यो तीन÷चार दिन लोकसेवा दिने, परीक्षा दिने विद्यार्थी, आकस्मिक बिरामी ५० भन्दा बढीलाई स्थानीय प्रशासनले प्रत्यक्ष निगरानीमा उडाएको छ ।
यसबेला लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामीसहितका अन्य विद्यार्थीलाई पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताउनुभयो । छ जना विद्यार्थीलाई त राहत बोकेर आएको हेलिकप्टरमा पठाइएको छ । परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा लाइन लगाएर दुई सय छ जनाको नाम सूची तयार पारिएको थियो । आइतबारदेखि सो सूचीको ५० प्रतिशत कार्यान्वयन तथा ५० प्रतिशत अन्य गरी सेवा दिइने नागरिक उड्डयनले बताएको छ ।
प्रजिअ केशरीका अनुसार लोकसेवा, परीक्षा दिने विद्यार्थी र केही बिरामी उडाएपछि अबको जिम्मा एयरलाइन्स र नागरिक उड्डयन आफैँले लिनेछ । नेपाल एयरलाइन्सको नियमित उडान तालिका कार्यान्वयन हुन सकेको छैन । यस बेला दैनिक उडान गरिरहेको समिट एयर पनि शनिबार नआउँदा सकस भएको छ ।
विपत्मा राहत, उद्धार, सडक पन्छाउने विषयमा तनाव बढिरहेको बेला राजमार्ग वन्द भएपछि जहाज नआउँदा हैरान भएको छ । सर्वसाधारणले समेत टिकट नपाएको, व्यवस्थापन प्रणली कमजोर भएको र उडान कम भएको गुनासो बढेपछि शनिबार नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीसहितको पत्रकारको टिमले सरोकारवाला निकायसँग भेटघाट गरेर अनुगमन तथा समन्वय गरेको छ । RSS

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच यस्तो सहमति : आजै बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने
- सुनको मूल्यमा सामान्य गिरावट
- मन्त्रीकाे नाम टुङ्गाे लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
- 'जनयुद्ध दिवस' खारेजीको माग गर्दै सर्वोच्चमा रिट
- भैरवनाथ गणको ट्रक दुर्घटना
- लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा डिल्ली चौधरीको यस्तो दाबी
- मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न
- शेयर बजार : २६ अंकले घटेर १८८८ विन्दुमा
- प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम सम्पन्न
- लुम्बिनी प्रदेशमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा
प्रतिकृया दिनुहोस