इन्डोनेसियाको फुटबल खेलमा भएको भागदौडमा मृत्यु हुनेको संख्यो १७४ पुग्याे
- गाउँ सहर संवाददाता
- १६ असोज आइतबार, २०७९ | १३:५४:०० मा प्रकाशित
काठमाडौं । इन्डोनेसियाको फुटबल खेलमा भएको भागदौडमा मृत्यु हुनेको संख्यो १७४ पुगेको छ ।
यो रंगशालामा भएको विश्वको सबैभन्दा खराब विपत्तिमध्ये एक भएको बीबीसीले उल्लेख गरेको छ ।
शनिबार राति खेलपछि मैदानमा आक्रमण गर्ने समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको थियो । करिब १८० जना घाइते भएका थिए ।
पूर्वी जाभामा स्थानीय टोली अरेमा एफसी पर्सेबायासँग २–३ ले पराजित भएको थियो ।
इन्डोनेसियाका प्रमुख सुरक्षामन्त्री रंगशालाको ३८ हजार दर्शक क्षमताभन्दा चारहजार बढी दर्शक रहेको बताए ।
राष्ट्रपति जोको विडोडोले अनुसन्धान पूरा नभएसम्म इन्डोनेसियाको शीर्ष लिगका सबै खेल बन्द गर्न आदेश दिएका छन् ।
सन् १९६४ मा लिमामा पेरु–अर्जेन्टिना ओलम्पिक क्लालिफायरमा भागदौड हुँदा ३२० जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए ।
सन् १९८५ मा बेल्जियमको ब्रसेल्सको हेसेल रंगशालामा लिभरपुल (इंग्ल्यान्ड) र युभेन्टस (इटली)बीचको युरोपियन कपको फाइनलमा भत्किएका पर्खालमा समर्थकहरू ठोक्किएर ३९ जनाको मृत्यु भएको थियो भने ६०० जना घाइते भएका थिए ।
यूकेमा शेफिल्डको हिल्सबरो रंगशालामा हुलदंगा हुँदा नटिङ्घम फरेस्टविरुद्ध एफए कप सेमिफाइनलमा लिभरपुलका ९७ जना समर्थकको मृत्यु भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस