रवीन्द्र मिश्रको फेरि प्रकाशमानसँगै पर्ने भयाे प्रतिस्पर्धा !
- गाउँ सहर संवाददाता
- १४ असोज शुक्रबार, २०७९ | १३:३७:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । आज आयोजित कार्यक्रममा उनले पार्टीको सहमति लिएर आफूले उम्मेदवारी तय गरेको बताए ।
मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए । मिश्रले मञ्चमा एक छेउमा चन्दा बाकस पनि राखेका छन् ।
दुई दिनअघि मात्रै वरिष्ठ उपाध्यक्ष भएर राप्रपा प्रवेश गरेका मिश्रले पहिल्यैबाट यस क्षेत्रमा लड्ने तयारी गरेका थिए । राप्रपा नेतृत्वले पनि सहमति जनाएपछि उनले आज औपचारिक घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा बोल्दै उनले आफूलाई जनताले संसद भवन पठाएमा गर्व गर्न सक्ने सशक्त भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे ।
मिश्रले भने, ‘म एउटा सशक्त सांसदको रुपमा संसदभित्र तपाईंहरुको आवाज बुलन्द गर्नेछु ।’
उनले आफूले झूटो आश्वासन दिएर भोट नमाग्ने बताए । विगत १५ वर्षदेखि यस क्षेत्रको प्रतिनिधित्व गरिरहेका नेताले संसदमा के भूमिका निभाए भन्दै उनले प्रश्न गरे ।
‘यो १५ वर्षमा कति दिन संसद चल्यो र तपाईंहरुले पठाउनुभएको सांसद कति दिन संसदमा उपस्थित भएर तपाईंहरुको आवाज उठाउनुभयो ?’ मिश्रले भने ।
मिश्रले अघिल्लो संघीय निर्वाचनमा विवेकशील-साझा पार्टीबाट यही क्षेत्रमा उम्मेदवारी दिएका थिए । कांग्रेसका प्रकाशमान सिंहसँग उनी झिनो मतले पराजित भएका थिए ।
उनी २०७४ मा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए भने नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार १३७ मतका साथ निर्वाचित भएका थिए ।
यो पटक पनि मिश्रको प्रतिस्पर्धी सिंह नै हुने देखिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
प्रतिकृया दिनुहोस