सिटिजन लाइफको तीनदिने ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
- गाउँ सहर संवाददाता
- ७ असोज शुक्रबार, २०७९ | १९:०९:०० मा प्रकाशित

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सकोे पाचौँ संस्करण असोज ३, ४ र ५ गते सौराहाको होटेल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ । कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन प्रत्येक दिन इमानदारी र मिहिनेतका साथ खटिएका सम्पूर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक वर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक वर्षको रणनीतिबारे छलफल गरियो । साथै आर्थिक वर्ष २०७८-
यससँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ कम्पनीको व्यवस्थापन टिम र शाखाका कर्मचारीहरुबीच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध विषयहरुमा छलफल गरिएको कम्पनीको भनाइ छ । प्रशासन सम्बन्धित सबै कार्यहरु अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।
कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारी दिएको छ ।०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाई विभिन्न ३१ विधामा सम्मान गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस