प्रभु बैंक लिमिटेड र पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि. बिच आकर्षक छुट प्रदान गर्ने सम्झाैता
- गाउँ सहर संवाददाता
- ६ असोज बिहीबार, २०७९ | २०:०९:०० मा प्रकाशित

काठमाडाैँ । प्रभु बैंक लिमिटेड र पोखरा स्थित पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट हरिचोक शाखा कार्यालय प्रमुख सुनीता गुरुङ्ग र पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.का तर्फबाट प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.द्वारा सञ्चालित ल्याबोरेटोरिज डाइग्नोस्टिक टेस्टमा २५ प्रतिशत, नर्मल एण्ड स्पेशल अल्ट्रासाउण्डमा १० प्रतिशतका साथै व्रिक्टोलोजी सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उक्त सम्झौता अन्तर्गत पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुहुने भन्ने बैंकले विश्वास लिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस