राजनीति

कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले घोषणापत्रको काम थालनी गरेको छ। 

यसैक्रममा मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरे बमोजिम कांग्रेसका सहमहामन्त्री जीवन परियारलाई घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी तोकिएको छ। 

आवश्यक सूचना लगायतका विविध विषयमा बुझ्न चाहने सञ्चारकर्मीहरुले परियारलाई सम्पर्क गरेर सूचना लिन आग्रह गरिएको छ। 

समितिका तर्फबाट आवश्यकता अनुरुप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्ने घोषणापत्र तयारी समितिका सदस्य सचिव डा प्रदीप पराजुली जानकारी दिए । 

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत