मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीहरुको समुद्धघाटन
- गाउँ सहर संवाददाता
- १४ भदौ मंगलबार, २०७९ | १८:२९:०० मा प्रकाशित

काठमाडाैँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापना अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष सहित एकैपटक मुक्तिनाथ सिड बैङ्क लि., मुक्तिनाथ फर्टिलाईजर बैङ्क लि., मुक्तिनाथ नर्सरी बैङ्क लि., मुक्तिनाथ लाईभस्टक बैङ्क लि., मुक्तिनाथ हर्बल बैङ्क लि., मुक्तिनाथ फूड बैङ्क लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. गरी ८ (आठ) वटा सहायक कम्पनीहरुको औपचारिक समुद्घाटन गरेको छ ।
देशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठुलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तीय सेवाहरु प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।
आफ्नो स्थापना काल देखिनै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक साझेदार, कम्पनीहरु तथा फर्महरु, कृषक समुह, सहकारीहरुसंग सहकार्य गर्दै कृषिको मुल्य श्रृंखला विकासका लागि व्यवस्थापकिय भुमिका निर्वाह गर्ने प्रयत्न गरिरहेकाे उसले बताएकाे छ । जसको लागि “गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा” र “सवृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि” भन्ने मुल मन्त्रलाई सार्थक तुल्याउन “कृषकसँग मुक्तिनाथ” र “उपभोक्तासँग मुक्तिनाथ” अभियानको शुरुवात गरी सोहि अनुसारका कार्यक्रमहरु गर्दै आइरहेको छ ।
मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो स्थापना दिवस मनाइरहँदा वितेका ४ वर्षहरु विशेषगरी नेपालको कृषि क्षेत्रमा विद्यमान समस्याहरु, भइरहेका प्रयासहरु, व्यवसायिक अवसरहरु र समग्र कृषि क्षेत्रको विकासमा समग्र नीजि क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीका क्षेत्रहरु पहिचान गर्नका लागि मुख्यत व्यतित गरेको र स्पष्ट मार्गचित्र तयार गरेको छ । साथै कम्पनीले आफ्नो उद्देश्य अनुसार हाल कृषकहरुलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, रोग किरा नियन्त्रक, औजारउपकरण सहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादनहरुको खरीद सुनिश्चितता गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरण सम्बन्धि कार्यहरु गर्दै आइरहेको छ ।
हालसम्म कम्पनिले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको छ । जसको लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेको उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस