आजबाट सर्वसाधारणका लागि खप्तड लघुवित्त वित्तीय संस्थाकाे आईपीओ
- गाउँ सहर संवाददाता
- ८ भदौ बुधबार, २०७९ | ०७:११:०० मा प्रकाशित
काठमाडौं । आजबाट सर्वसाधारणका लागि खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन बिक्री सुरु गरेको छ । लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यका एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
लघुवित्तले निष्कासन गरेको कुल सेयरमध्ये दुई हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहेको एक लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म मागबमोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । इच्छुक आवेदकले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणलाई निष्कासन गरिने सेयरका लागि कम्पनीलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको अवरोधले चल्न सकेन संसद्, जेठ ३ गतेसम्मलाई स्थगित
- हेर्दाहेर्दैमा सन्दीपविरुद्धको मुद्दा, फैसला भोलि नै आउन सक्ने
- आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- राष्ट्रिय वाणिज्य बैंककाे यस्ताे छ नयाँ व्याजदर प्रतिशत
- नीति तथा कार्यक्रम : कृषि लगानी दशक घोषणा
- नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (LIVE)
- मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित
- कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
- एशियन लाईफले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
- ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’
प्रतिकृया दिनुहोस