गाउँ सहर

नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान करिब ५ बजेर २६ मिनेटमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको हो ।

नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।

गत साउन १५ पनि गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।

गाउँ सहर संवाददाता