‘एमालेले हार्दा देश हार्छ, जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु छ’
- गाउँ सहर संवाददाता
- २० श्रावण शुक्रबार, २०७९ | १५:३७:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौँमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नै पर्ने बताए ।
उनले भने, ‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ, तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’
अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतीमा लगेको भन्दै ओलीले उनीहरुले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने बताए । देशलाई बर्बादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नु पर्ने उनले दोहोर्याए ।
सत्तारुढ गठबन्धनका नेताहरुको कुनै गन्त्व्य नै नभएको उनले आरोप लगाए । ‘मोहन विक्रम सिंहको गन्तव्य के हो भन्दा–प्युठान, आ-आफ्ना छन्, शेरबहादुरको के हो भन्दा–म्याडम साहेबा, प्रचण्डको गन्तव्य के हो भन्दा–सुपुत्री,’ ओलीले भने, ‘यस्ता यस्ता गन्तव्य लिएर हिंडेका छन् यिनीहरु, त्यसका लागि जे पनि गर्छन् । जस्तोसुकै कुकृत्य गर्न पनि तयार छन् ।’
ओलीले थप भने, ‘माधव नेपालको त नाम नलिउँ होला उनको त छटपटीमा जुनी बित्छ, गन्तव्यसन्तव्य केही छैन, बिचराको ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस