गाउँ सहर

कांग्रेसको नवगठित भ्रातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले विशेषसभा गर्ने

काठमाडाैं । नेपाली कांग्रेसको नवगठित भ्रातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले विशेषसभा गर्ने भएको छ ।

महासंघले २८औं आदिवासी दिवसको अवसरमा काठमाडौंमा विशेषसभा गर्न लागेकाे हाे ।

महासंघ कांग्रेसको नवगठित भ्रातृ संस्था हो । गत केन्द्रीय कार्यसमितिको बैठकले महासंघलाई भ्रातृ संस्थाको रुपमा मान्यता प्रदान गरेको थियो ।

महासंघले २८औँ आदिवासी दिवसको सन्दर्भमा साउन २३ गते काठमाडौंको राष्ट्रियसभा गृहमा विशेषसभा गर्ने जनाएको छ । सभालाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गाउँ सहर संवाददाता