दोरम्बा शैलुङ्गका फुवठिले शेर्पा सगरमाथाको चुचुरोमा
- गाउँ सहर संवाददाता
- २० श्रावण शुक्रबार, २०७९ | ०७:४९:०० मा प्रकाशित
.png)
रामेछाप । रामेछाप दोरम्बा शैलुङ्ग-१, निवासी फुवठिले शेर्पा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका छन् ।
बाबु कुस्तेम्बा शेर्पा र आमा किडोमा शेर्पाको कोखबाट २०४८ साल असोज २९ गते डडुवामा जन्मिएका शेर्पा २०६४ साल १८ वर्षको उमेरदेखि नै पर्यटन क्षेत्रमा लागेका हुन् । शेर्पाले शुरुमा ट्रेकिङ्ग क्षेत्रमा विदेशी पर्यटकको सहयोगीकाे रूपमा काम गर्दै हाल दक्ष क्लाइम्बिङ गाइडको भूमिका निर्वाह गर्दै सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएको हुन् ।
यसअघि सगरमाथाको ८ हजार ५ मिटर सममको उचाईसम्म पुगेर फर्केका शेर्पाले २ पटक सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएक छन् । उनले ८१८७ मिटर उचाईको मनासलु हिमाल पनि आरोहण गरिसकेका छन् भने अन्नपूर्ण हिमालको ७५०० मिटर उचाईसम्म पुगिसकेका छन् ।
हिमाल आरोहणमा क्लाइम्विङ गाइडको मुख्य भूमिका हुन्छ । बेस क्याम्पभन्दा माथी हिमाल आरोहण गर्दा सबै कार्य बास, खाना, बाटो, सुरक्षा, सहजीकरण, व्यवस्था, औषधीसमेतको सबै व्यवस्था क्लाइम्बिङ गाइडले गर्नुपर्ने हुन्छ ।
सगरमाथा आरोहण बेस क्याम्पबाट मात्र ६ दिनमा पुरा भइसक्छ भने राजधानीबाट सरदर ४० दिनमा पुरा हुन्छ । प्रति पर्यटक एक क्लाइम्विङ गाइड व्यवस्था गरिएको हुन्छ । उनले (NMA/NMIA) ट्रेनिङ्ग सेन्टरबाट (रक लेवल वान) सम्मको ट्रेनिङ्ग पुरा गरी क्लाइम्बिङ गाइडको दक्षता हासिल गरेका छन् । उनले फेमिली अल्पाइन, सेभेन समिट, फोटिन पिक एक्सपीडिसन ट्रेकिङ अफिसबाट हालसम्म पर्यटन व्यवसायमा संचालित छन् ।
नेपाल पर्वतारोहण क्षेत्रमा क्लाइम्बिङ्ग गाइड दक्षता हासिल गरेका गाइडहरु विदेशी हिमाल आरोहणमा पनि जाने गर्छन् ।
शेर्पा भन्छन्- आफ्नै देशमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथामा विदेशी पर्यटकहरुकाे सफल आरोहण गराइ सुरक्षित घर फर्काउन पाउने खुशी हो । जसले हिमाल आरोहण सुरक्षित छ भन्ने सन्देश पनि विश्वभर फैलिएर पर्यटन आगमनमा सहयाेग पुग्दछ ।
दोरम्बा शैलुङ्ग गाउँपालिकाले शेर्पा जतिकाे दक्ष जनशक्ति पाउनु रामेछापकाे मात्रै हाेइन राज्यले गर्व गर्ने कुरा रहेकाे स्थानीय दाबा सङ्बु शेर्पा बताउँछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस