सप्तकोसी बाढी : कहाँ जाने के, खाने छैन कुनै टुंगाे
- गाउँ सहर संवाददाता
- १८ श्रावण बुधबार, २०७९ | १३:५३:०० मा प्रकाशित

काठमाडाैं । सप्तकोसी नदीको बाढी उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट सप्तकोशी नदी बस्तीमा पसेपछि दुई हजार घर परिवार विस्थापित भएका छन् । बेलकाको डुम्रीबोटेबाट धार परिवर्तन गर्दै पश्चिम तर्फ पस्दा नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका वासिन्दा बिस्थापित भएका हुन् ।
सप्तकोसी नदीको बाढी गाउँ पस्दा अनुमानित ८००–९०० घरधुरी विस्थापित भएका नगर उपप्रमुख जिरा राईले जानकारी दिइन् ।
बाढी गाउँ बसेपछि चौपाया र बालबच्चा लिएर स्थानीयले गाउँ छाडेका छन् । श्रीलंका टापुका नदी किनारका वासिन्दा पनि घर छाडेर सुरक्षित स्थानमा पुगेका छन् । भित्री क्षेत्रका बासिन्दा भने भाग्न पाएनन् । घर छाडेकाहरू पनि कहाँ जाने कहाँ बस्ने टुंगाे छैन ।
बाेक्न सक्ने जायजेथा, केही खाद्यान्न, भैँसी, बाख्रा लगायत चाैपायासहितकाे लर्काे सुरक्षित स्थानतिर हिँडेका छन् । जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा गइरहेका छन् भने कयाैँचाहिँ कहाँ जाने भन्नेमा अलमलमै हिँडिरहेका छन् ।
बुधबार राति २ बजेको आसपासमा सप्तकोसीले अस्थायी बाँध फुटाएर उदयपुरको बेलकाको बस्तीतिर सोझियो । मङ्गलबार दिउँसोदेखि नै कोसीको पश्चिमी क्षेत्रमा व्यापक कटान थियो । सप्तकोसी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका छन् । सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् । अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाँउबाट कोसी बग्थ्यो । २०४५ सालको भूकम्पपछि कोसीले विस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लाग्यो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बस्न थाल्यो । अहिले कोसीले धार बढलेर पुरानै ठाँउमा आउँदा पछि बसेका बस्ती प्रभावित भएको हो ।
वेलका नगरपालिका प्रदेश सरकारका मन्त्री, प्रमुख जिल्ला अधिकारी (सीडीओ), स्थानीय जनप्रतिनिधिसहित बैठक बसिरहेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोशीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस