म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु, तस्बिरमा यस्ताे छ भीषण पहिराे
- गाउँ सहर संवाददाता
- १७ श्रावण मंगलबार, २०७९ | १५:२८:०० मा प्रकाशित
.jpeg)
म्याग्दी । म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।
मंगलबार बिहान साढे ६ बजे मालिका गाउँपालिका-२ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तीलक भारतीले जानकारी दिए।
उनका अनुसार पहिरोले तीन वटा घर बगाएको छ। एउटा घरका पाँच जनाको मृत्यु र अर्कोमा बस्ने दुई जना घाइते छन्। अर्को एउटा घर भने खाली नै थियो।
मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, उनकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नवीन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मी छन्।
घाइतेहरू भने ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी विक छन्। उनीहरूको अवस्था सामान्य नै रहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए।
पहिरोले घर पुरिएको भन्दै बिहान करिब ७ बजे प्रहरीलाई खबर गरिएको थियो। खबर पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो।
‘एकदम विकट ठाउँ छ। त्यहाँ सम्म पुग्न चार घण्टा लागेको रहेछ। खबर पाएपछि हाम्रो प्रहरी निरीक्षकसहितको जानुभएको थियो। त्यहाँ पैदल हिँड्नुपर्नेरहेछ,’ उनले भने।
पहिरोले गोठहरू पनि पुरिएका छन्। कतिपय चौपायहरू मृत र बेपत्ता समेत छन्। प्रहरीका अनुसार एउटा भैंसी मरेको छ। एउटा राँगो र खच्चड भने बेपत्ता भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस