कला

दुई सर्जकका तीन कृति एकसाथ बिमोचन 

काठमाडाैं । नेपाली साहित्य विकास परिषद् नेपाल च्यप्टरको आयोजनामा कवि डा. सुधा श्रेष्ठको कविता संग्रह ‘थेम्स नदीको दुई किनारा’ तथा नेपाली साहित्य विकास परिषद्का पूर्व अध्यक्ष हरिसिंह थापाको ‘पद्मिनी’उपन्यास एवं ‘थेम्स नदीको नागवेलीहरु’ कविता संग्रह नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमकाबीच एकसाथ बिमोचन गरिएकाे छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता एवं नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरका अध्यक्ष इल्या भट्टराईको सभापतित्व साथै विशिष्ट अतिथि प्रा.डा. गोबिन्दराज भट्टराई, डा. तुलसी भट्टराई पूर्व राजदुत सुरेशचन्द्र चालिसे, डा. माधवी भट्ट, डा. देवी सुबेदी प्रा.डा. ज्ञानु पाण्डे, तथा ध्रुव सापकोटा, निमा वाङ्गेल लामा, कवि गोपीकृष्ण प्रसाईं, गंगा लिगलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आफ्नो थातथलो छाडेर प्रवाशमा रहँदासमेत माटोको सुगन्धले भरिपूर्ण कृतिहरु नेपाली साहित्य आकाशमा प्रवेश हुनु सुखद उपलब्धि रहेको बताउँदै यस्ता साहित्यिक गतिविधिले सामाजिक सद्भाव उत्तरदायी भूमिकाको निर्वाह गर्दै समुन्नत समाज निर्माणमा प्रभवकारी योगदानको अपेक्षा रहेको बताएका छन् ।

 

कार्यक्रममा नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टर कार्यकारिणी सदस्य एवं कवि गीता रेग्मीले स्वागत मन्तब्य ब्यक्त गर्दै प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यको श्रीबृद्धिमा एउटा ईँटा थप्ने शुभकार्यका लागि कवि डा. सुधा श्रेष्ठको लगायत हरिसिंह थापाको सृजनशील कर्मले सफलताकाे कामना व्यक्त गरिन्

कार्यक्रममा विमोचित कृतिमाथि समिक्षा गर्दै नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरकी सचिव तथा अनेसास उपाध्यक्ष डा. रेणुका सोलुले रचनामा शब्द चयनको कौशलता अभिव्यक्ति शैली अनि सन्तुलित समन्वय र जीवन्त अभिव्यक्तिका साथै कृतिमा अभिव्यक्त मूल भाव नारी सम्बदनशील नारा र कामबीचको भिन्नता तथा आवश्यकताको सिद्धान्तला प्रमुखताका साथ उजागर नै कृतिको प्रमुख विशेषता रहेको बिचार ब्यक्त गरिन् । 

नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टर विशिष्ट सम्मान रजत उत्सव पुरस्कार २०२० कोभिडको कारण स्थगित भएकोमा नेपाली भाषा साहित्य कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने स्रष्टाहरुलाई कार्यक्रमकाबीच पूर्व राजदूत तथा साहित्यकार प्रल्हाद कुमार प्रसाईं, नेपाली साहित्य विकास परिषद् (नेसाबिप) नेपाल च्याप्टर अध्यक्ष इल्या भट्टराई, नेसाबिप बरिष्ठ सल्लाहकार तथा संयोजक गोपाल पराजुली, नेसाबिप उपाध्यक्ष गोपाल प्रसाद श्रेष्ठ, नेसाबिप सल्लाहकार डा. बिष्णुबिभु घिमिरे, सल्लाहकार प्रा.डा. गोबिन्दराज भट्टाचार्य, डा. तुलसी भट्टराई, सल्लाहकार डा. माधवी भट्टराई प्रा.डा.  ज्ञानु पाण्डे, देवीप्रसाद सुबेदी, ध्रुव सापकोटा, बियोगी बुढाथोकी, निमा वाङ्गेल लामा लगायतलाई प्रदान गरिएको छ ।

त्यसैगरि नेसाबिप साहित्य सम्मान रजत उत्सव अभिनन्दन-पत्र तथा पदक पुरस्कार-२०२० बाट महासचिव हरिशरण लामिछाने, कोषाध्यक्ष मुक्ति घिमिरे, सचिव डा. रेणुका सोलु, कार्यकारिणी सदस्य (काकास) डा. प्रभा कैनी डा. लक्ष्मण गौतम, डा. नारायण चालिसे, जयदेव भट्टराई, क़ानूनी सलाहकार कृष्ण अर्याल, काकास राजेशजंग शाह, काकास ललिता दोषी, ब्याकुल पाठक, गीता रेग्मी, नेत्र पौड्याल, भाषा साहित्य बिश्लेषक महेश पौडेल, सम्पादन मण्डल प्रबिधि सदस्य रोशन मिश्रलाई साहित्य सम्मान रजत उत्सव अभिनन्दन-पत्र तथा पदक बिररण गरि सम्मानित गरिएको थियो । सम्मानित ब्यक्तित्वहरुले चाहेको खण्डमा क्रमशः २५ हजार र २० हजार नगद लिने सुबिधा समेत ब्यवस्था मिलाइएको थियो । 

शुभकामना मन्तब्यका क्रममा कवि तथा पूर्व सैनिक सहचारी कर्णेल इन्द्र बहादुर कार्कीद्वारा नेपाली साहित्य विकास परिषद्ले भाषा साहित्यमा निरन्तर क्रियाशील स्रष्टाहरुलाई सम्मान गर्ने संस्थाको मूलभूत उद्देश्य रहेकोले यसले साहित्यिक उन्नयनमा बृद्धि हुने बिचार ब्यक्त गर्दै उपस्थित सबैलाई न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रमबारे  प्रकाश पारेका थिए । 

यसैक्रममा मन्तब्यका क्रममा प्रा.डा. गोबिन्द भट्टाचार्यले मानवीय जीवनका बिबिध पक्षका भोगाइको प्रस्तुतिकरण लालित्यपूर्ण पोखिएको बताउँदै सरश भावसहित कवितात्मक अभिब्यक्तिले कृतिको आकर्षण रहेको बताएका छन् ।

कार्यक्रममा मन्तब्यका क्रममा डा. तुलसी भट्टराईले साहित्यकार सर्जकहरु काब्यीक सृजनशिलताका संवाहक हुने भएकोले मनका अत्यन्त सुकिला अनि ब्यवहारमा स्पष्टता हुनुपर्ने  साथै कला साहित्य समाजको निर्देशक ऐना भएको बताएका थिए । 

प्रा. डा. ज्ञानु पाण्डेले साहित्य कलाले तत्कालै परिणामुखि उपलब्धि दिन नसकला तर कालान्तरमा शुभ भावना र अशल कर्मका साथ अघि बढ्दा  समुन्नत समाजको निर्माण गर्नमा साहित्यले ठूलो भूमिका खेल्ने कुरा ब्यक्त गरिन् । समुन्नत समाजको निर्माण गर्नमा साहित्यको प्रमुख योगदान रहने कुरा ब्यक्त गरेकी छन् ।

कार्यक्रमका सभापति इल्या भट्टराईले सर्जकले आफ्नो अक्षरको खेतीमा  उच्च शिल्पको प्रयोग गरि पाठकलाइ सुरुचिपूर्ण रुपमा प्रस्तुत गरिनु सर्जकको विशिष्टिकृत उपलब्धि रहेको बिचार ब्यक्त गरेकी छन् । कला साहित्य संस्कृति समाजको मार्गनिर्देशक भएकोले यसको प्रयोगलाइ हलुका रुपमा बुझ्न नहुनेसमेत प्रष्ठ पारेकी छन् । बरिष्ठ संचारकर्मी तथा नेपाली साहित्य विकास परिषदका महासचिव हरिशरण लामिछानेद्वारा संचालित उक्त कार्यक्रम सभ्य एवं भब्य रुपमा सम्पन्न भएकाे थियो । 
 

तपाईँको मत