गाउँ सहर

अवैध सुपारी नियन्त्रण

झापा । इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारततर्फ अबैध रुपमा लैजाँदै गरेकाे सपारी पक्राउ गरेकाे छ । 

प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार मेचीनगर नगरपालिका वडा नं-६ दुर्गा मन्दिरस्थित नेपालबाट भारततर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी ८७ हजार बराबरको र प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नं-६ जेसिका ठ्याकबाट भारततर्फ अबैध रुपमा लैजादै गरेकाे अन्दाजी ९६ हजार बराबरको सुपारी पक्राउ गरी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएकाे हाे ।  

गाउँ सहर संवाददाता