राजनीति

पूर्व अर्थमन्त्री शर्माकाे छानबिन सम्बन्धमा डा. लाेहनीकाे पाँच प्रश्न

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप राज्यबिरुद्ध अपराध भएकाे बताएका छन् ।  

डा. लाेहनीले आरोपबारे निर्णय गर्दा अनुसन्धानको सामान्य प्रक्रिया पनि पुरा नगरेकाे, प्रमाणको गम्भीर खोजी नभएकाे र उपलब्ध प्रमाणको जाँच नगरिएकाे बताएका हुन् ।

छानबिन सम्बन्धमा उनले पाँच प्रश्न उब्जाएका छन् । 

१. टीभी फुटेज जाँच्न गैर सरकारी प्राविधिक या कम्पनी किन प्रयोग गरिएन ? अझ यकिन गर्न विदेश पठाउन पनि सकिन्थ्यो

२. रघुनाथ भन्ने पूर्व कर्मचरीसँग किन बयान लिइएन ?

३. जनार्दन जीको कल डिटेल किन हेरिएन ?

४. राष्ट्र बिरुद्धको अपराधबारे बिस्तृत अनुसन्धान गर्न अख्तियारलाई किन प्रयोग गरिएन ?

५. प्रमाण नहेरी या नखोजी बहुमतको आधारमा निर्णय गर्ने हो भने मन्त्रीले गरेको जस्तोसुकै अपराधबाट पनि छुटकारा पाइने भयो के यही हो प्रजातन्त्र ?

गाउँ सहर संवाददाता