बढ्याे, बढ्याे ! एकैदिन ७१० जना काेराेना संक्रमित थपिए, दुईजनाको मृत्यु, काठमाडौं उपत्यकामा कति ?
- गाउँ सहर संवाददाता
- १२ श्रावण बिहीबार, २०७९ | १६:५०:०० मा प्रकाशित

काठमाडाैं । साउन लागेपछि काेराेना संक्रमितहरूकाे संख्या दिनहुँ बढ्न थालेकाे छ ।
पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरि आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।
आज २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२४ जना कोराेना संक्रमित थपिएका छन् ।
काठमाडौंमा २२४, भक्तपुरमा १६ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् ।
आज देशभर रहेका चार हजार २३६ जना सक्रिय संक्रमितमध्ये चार हजार ८० जना होम आइसोलेसनमा र १५६ जना संस्थागत आइसोलेसन छन् ।
अस्पतालमा रहेकामध्ये ३३ जना आईसीयूमा र तीनजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
प्रतिकृया दिनुहोस