काठमाडाैं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६० पुगेको छ।
बुधबार २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ हजार ९२९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा देशभर २ हजार ७७८ पीसीआर तथा १ हजार ६७६ एन्टिजेन परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७६ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
बुधबार काठमाडौंमा २१८ भक्तपुरमा १७ र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस