स्वास्थ्य
काेराेनाबाट एक जनाको मृत्यु, थप ५६४ जनामा संक्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- ११ श्रावण बुधबार, २०७९ | १७:०१:०० मा प्रकाशित
काठमाडाैं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६० पुगेको छ।
बुधबार २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ हजार ९२९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा देशभर २ हजार ७७८ पीसीआर तथा १ हजार ६७६ एन्टिजेन परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७६ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
बुधबार काठमाडौंमा २१८ भक्तपुरमा १७ र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस