राष्ट्रिय परीक्षा बोर्डले लिएकाे कक्षा १० काे परीक्षाफल प्रकाशित, यसरी हेर्नुहाेस्
- गाउँ सहर संवाददाता
- ११ श्रावण बुधबार, २०७९ | १६:१३:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षाफल प्रकाशित गरेको छ ।
पाँच लाख १४ हजार सात सय ६० जनाले यसवर्ष एसईई परीक्षा दिएका थिए । गत वैशाखमा एसईई परीक्षा भएको थियो ।
कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । यसपटक कोभिड महामारीको दुई वर्षपछि मात्रै बोर्डले परीक्षा सञ्चालन गरेको हो ।
वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।
नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । गत वैशाख ८ गतेदेखि संचालन गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस