यसरी नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हरायाे
- गाउँ सहर संवाददाता
- ९ श्रावण सोमबार, २०७९ | १९:५६:०० मा प्रकाशित
काठमाडौंँ । साफ यू-२० च्याम्पियनसिपमा नेपालले शानदार विजयी शुरुवात गरेको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको हाे ।
नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरेका छन् । खेलको ४२ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । आयुष घलानको फ्रिकिक माल्दिभ्सका गोलरक्षकले पन्च गर्दै बचाए पनि रिबाउण्डमा बललाई दिपेशले पोष्टको दिशा दिलाए ।
खेलको ५८ औं मिनेटमा सुगमले माल्दिभ्सका डिफन्डरलाई बिट गर्दै गोल गरे । ६२ औं मिनेटमा कृतिशले गोल गर्दै नेपाललाई ३९० को अग्रता दिलाए ।
६२ औं मिनेटमा माल्दिभ्सका डिफेन्डरले आयुष घलानलाई पेनाल्टी एरियामा लडाएपछि पाएके पेनाल्टीमा कृतिशले सहजै गोल गरे । खेलको इन्ज्युरी समयमा मनग्यले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्ने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस