खेल
साफ यू–२० च्याम्पियनसिप आजदेखि भारतमा सुरु
- गाउँ सहर संवाददाता
- ९ श्रावण सोमबार, २०७९ | ०९:२९:०० मा प्रकाशित
काठमाडाैं । भारतको भुवनेश्वरमा साफ यू–२० च्याम्पियनसिप आज सोमबारदेखि सुरु हुँदै छ र त्यसको पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ ।
कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।
साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।
प्रतियोगितामा नेपाल र माल्दिभ्ससँगै भारत, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा चल्ने प्रतियोगितामा नेपालले बुधबार श्रीलंकाको सामना गर्नेछ ।
त्यसपछि नेपालले आइतबार भारत र मंगलबार बंगलादेशको सामना गर्नेछ । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा तय गर्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस