स्वास्थ्य

काेराेना ह्वात्तै बढ्याे, ३३५ नयाँ संक्रमित थपिए

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा काेरानाका ३३५ संक्रमित थपिएका छन् । साे दिन २ हजार ९९६ जनाकाे परीक्षण गरिएकाे थियाे । साे अवधिमा ८६ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे दिन २ लाख ३६ हजार ७३८ जनाले खाेप लगाएका छन् ।

देशमा सक्रिय संक्रमित २ हजार ९७१ पुगेका छन् ।

संक्रमण बढेसँगै मन्त्रालयले सावधानीमा कुनै कसर नराख्न अनुराेध गरेकाे छ ।

गाउँ सहर संवाददाता