प्रतिनिधि सभा

यस्ताे छ प्रतिनिधि सभा बैठककाे सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ संसदमा प्रस्तुत् गर्नेछन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

गाउँ सहर संवाददाता