पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, अझै २१ जना आईसीयूमा
- गाउँ सहर संवाददाता
- ४ श्रावण बुधबार, २०७९ | १७:००:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
हालसम्म कोरोनाबाट ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन् ।
बुधबार ४६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर २ हजार २७६ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घन्टामा २ हजार ५६२ पीसीआर तथा १ हजार ४१९ एन्टिजेन परीक्षण भएको छ ।
काठमाडौंमा १८५, भक्तपुरमा ९ र ललितपुरमा २२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार २७० पुगेको छ ।
आज देशभर रहेका दुई हजार २७६ जना सक्रिय संक्रमितमध्ये दुई हजार १४३ जना होम आइसोलेसनमा र १३३ जना संस्थागत आइसोलेसन छन् ।
अस्पतालमा रहेकामध्ये २१ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस