राप्रपाका यी चार नेताले किन छाडे पार्टी ? कुरा यस्ताे
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | १६:३८:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी छाडेका छन् ।
नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टी छाडेको बताएका छन् ।
राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसक्ने बताएका छन् ।
पार्टीबाहिर रहेका राष्ट्रवादी, प्रजातन्त्रप्रेमी व्यक्ति, समूह र पार्टीलाई राप्रपाको मूलधारमा समेट्न आफूहरुले प्रयास गरेको तर पार्टी नेतत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले लाञ्छना लगाउने र अपराधी करार गर्न खोजेको उनीहरुले बताएका छन् ।
राप्रपाले पार्टी हित विपरीत गतिविधि जारी राखेको, अनधिकृत वार्ता समिति बनाएको लगायतका आरोप लगाएर नेताहरु गिरी, तिमल्सिना, राजभण्डारी र राजाराम श्रेष्ठलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस