सर्वेश्वर सहकारीको रत्तदानमा २३ युनिट रगत संकलन
- गाउँ सहर संवाददाता
- १ श्रावण आइतबार, २०७९ | २१:४३:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ को आवसनगरमा रहेको सर्वेश्वर बचत तथा ऋण सहकारी सस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा २३ युनिट रगत संकलन भएको छ ।
सहकारीको अवलम्वन गरेको सामाजिक उत्तरदायित्व अन्तगर्त आयोजना गरिएको रत्तदानका पहिलो रत्तदाता सहकारीका कार्यसमिति सदस्य कृष्ण बहादुर बल्छौडीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले सहकारीले आयआर्जनका स्रोतहरु निर्माण गर्दै समाजमा देखिने खालका काम गरेर देखाउनु पर्ने सुझाव व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष चक्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखराका प्राविधिक अर्जुन ज्ञवालीले रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए भने सहकारीका उपाध्यक्ष डम्वर प्रसाद पौडेलले स्वागत मन्तव्य र कार्यक्रमको संचालन कोषाध्यक्ष सुर्यनाथ पौडेलले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस