सर्वेश्वर सहकारीको रत्तदानमा २३ युनिट रगत संकलन
- गाउँ सहर संवाददाता
- १ श्रावण आइतबार, २०७९ | २१:४३:०० मा प्रकाशित
लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ को आवसनगरमा रहेको सर्वेश्वर बचत तथा ऋण सहकारी सस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा २३ युनिट रगत संकलन भएको छ ।
सहकारीको अवलम्वन गरेको सामाजिक उत्तरदायित्व अन्तगर्त आयोजना गरिएको रत्तदानका पहिलो रत्तदाता सहकारीका कार्यसमिति सदस्य कृष्ण बहादुर बल्छौडीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले सहकारीले आयआर्जनका स्रोतहरु निर्माण गर्दै समाजमा देखिने खालका काम गरेर देखाउनु पर्ने सुझाव व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष चक्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखराका प्राविधिक अर्जुन ज्ञवालीले रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए भने सहकारीका उपाध्यक्ष डम्वर प्रसाद पौडेलले स्वागत मन्तव्य र कार्यक्रमको संचालन कोषाध्यक्ष सुर्यनाथ पौडेलले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस