गाउँ सहर
काठमाडौं बारमा लोकतान्त्रिक समूह पाैडेलको प्यानल नै विजयी
- गाउँ सहर संवाददाता
- १ श्रावण आइतबार, २०७९ | ०८:५७:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौं जिल्ला बार एसोसियनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए)को तर्फ रामचन्द्र पौडेल समूहको प्यानल नै विजयी भएको हो ।
शनिबार भएको निर्वाचनमार्फत पौडेलको अध्यक्षतामा चयन भए । उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भएका हुन् ।
खुल्ला सदस्यमा क्रमशः भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सुर्यमणी राई, सुनिल थापा, सुर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भएका छन् ।
यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रविण हुमगाई, दिपकुकुमार साह सदस्यमा विजयी भए । महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई चयन भए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
प्रतिकृया दिनुहोस