खेल
नामिबियालाई जित्न नेपालले २०० रन बनाउनुपर्ने
- गाउँ सहर संवाददाता
- ३२ असार शनिबार, २०७९ | १९:१५:०० मा प्रकाशित

काठमाडौं । नामिबियालाई जित्ने नेपालले २०० रन बनाउनुपर्ने भएकाे छ ।
आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाले नेपाललाई जितका लागि २०० रनको लक्ष्य दिएको हाे ।
स्कटल्याण्डको एयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो ।
नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे ।
जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।
सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस